रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कोरोनाको विषयमा डाक्टरसँग प्रत्यक्ष कुराकानीको व्यवस्था गर्ने

काठमाडौँ  / रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कोरोना भाइरसको विषयमा डाक्टरसँग प्रत्यक्ष कुराकानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अनुरुप काठमाडौँ मेडिकल कलेजका डा. सुभाष पन्तसँग नोवेल कोरोना भाइरसँग सम्म्बन्धित विषयमा प्रत्यक्ष कुराकानी गर्ने व्यवस्था गरेको हो । 

कार्यक्रम माघ ८ गतेदेखि २९ गतेसम्म हरेक शनिबार बेलुकी ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । 

कार्यक्रममार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले कोरोना भाइरसको महामारीको जोखिम, सवधानी, संक्रमण नियन्त्रणका उपायहरू, सावधानीका उपायहरू, खानपानलगायतका विषयहरूमा प्रत्यक्ष रूपमा जानकारी दिइने कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले बताए । उनका अनुसार यस्ता विषयमा जानकारी लिन प्रत्यक्ष सम्पर्क गर्न सकिनेछ ।

कार्यक्रममा जुम आइडीमार्फत सम्पर्क गर्न सकिनेछ भने कम्पनीको फेसबुक पेजमा पनि प्रत्यक्ष हेर्न सकिनेछ । कम्पनीले जुम आइडीका लागि ६२१ २४२ ७०५१ र पासर्वड reliable उपलब्ध गराएको छ भने https://www.facebook.com/reliablelifeinsurancelimited फेसबुक पेजमा उपलब्ध हुनेछ