रिलायबल नेपाल लाइफले पहिलोपटक घोषणा गर्यो लाभांश

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पहिलोपटक लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो।

कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा वार्षिक साधारणसभाको निर्णयपश्चात कार्यान्वयन हुने कम्पनीले जनाएको छ।