लाभांश पारित सहित रिलायबल लाइफको एजिएम सम्पन्न, दुई संचालक निर्विरोध निर्वाचित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो । सभा, कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ श्रावण १ गतेबाट २०८० आषाढ मसान्त सम्मको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।

सभाले यस कम्पनीको सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिबाट सिफारीस गरीएका लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (हालका लेखापरीक्षक श्री केएएस एशोसिएट्स पुनः नियुक्तिको लागि योग्य नहुने प्रस्ताव पारित गरेको छ 

सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० सम्मको वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ४ अर्बको ०.८४ प्रतिशतले हुने रकम कर प्रयोजनका लागि नगद लाभांश र ४ अर्बको १६ प्रतिशतले हुने बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका, २०७५ को दफा १४ (५) बमोजिम उप समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको भत्ता अनुमोदन गरेको छ । साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु डा. भिष्म कार्की र दिवेश लोहनीलाई निर्विरोध निर्वाचित गरेको छ ।

सभाले बोनश शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु ४ अर्ब ६४ करोड पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ६ (ख) मा भएको तत्कालिन चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । संशोधित प्रबन्धपत्र अभिलेख गर्ने क्रममाः नियमनकारी निकायहरुबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।