अध्यक्षबाट वार्षिकोत्सव सन्देश
प्रिय सबैमा नमस्कार,
हार्दिक बधाई !
कम्पनीको सातौँ वार्षिकोत्सवमा यससँग आबद्ध हुन पाउनु मेरो लागि सौभाग्य हो। यस अवसरमा म सञ्चालक समितिका सदस्य, शेयरधनी, कर्मचारी तथा ग्राहकवर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । प्रारम्भिक चरणमा शिलान्यास गर्नु भएकोमा पूर्व अध्यक्ष श्री राजु शिवाकोटी र सीईओ श्री नारायण लोहनीलाई मेरो धन्यवाद। छोटो अवधिमा यति धेरै प्रगति र उपलब्धि हासिल गरेको कम्पनीको अध्यक्षता सम्हाल्न पाउनु साँच्चै नै खुसीको कुरा हो ।
हामीले अब के गर्छौं त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आगामी समयमा, रिलायबल लाइफसँग व्यापार विस्तारको माध्यमबाट आफ्नो उपस्थिति कायम गरी बढ्ने अवसर छ। व्यवस्थापन टोलीसँग पक्कै पनि सबैको सुविधाको लागि पहुँचयोग्य हुने स्पष्ट रणनीति हुनेछ। म विश्वस्त छु र हाम्रो सीईओ र उहाँको टोलीको सक्षम नेतृत्वमा पूर्ण विश्वास गरेको छु।
हामी सबै यहाँ छौं र टोलीको काम र समर्पण मार्फत यो क्षण साझा गर्न पाउँदा खुशी लागेकोछ। कम्पनीलाई अहिलेसम्म यस स्थानमा पुर्याउन हजुरहरू प्रत्येकले योगदान गर्नुभएको छ। यो रोकिनु हुँदैन,किनकि हामीसँग यात्रा गर्न र हाम्रो मिशन पूरा गर्न अझै बाँकी छ।
राम्रो काम जारी राखौं…
शुभकामना,
उदय नेपाली श्रेष्ठ
अध्यक्ष