प्रधान कार्यालय Gyaneshwor, Kathmandu
सम्पर्क Phone: (+977) -1-4523618/30,9767652746 Toll Free No:18105000018
इमेल info@reliablelife.com.np

बीमालेख परिपक्वतामा हुने दावी भुक्तानी सम्बन्धमा
बीकमले बीमालेख परिपक्व भएको मितिले १५ दिन भित्र बीमितलाइ बीमालेख परिपक्वता दावी गर्नकालागी आवश्यक कागजातहरु लिइ भुक्तानी लिन आउनकालागी सुचना जारी गर्नेछ । बीमकले सम्पुर्ण कागजातहरु जाँचबुझ गरि ७ दिन भित्र दावी भुक्तानी दिनेछ ।

मृत्यु/अशक्तता/घातकरोग/बीमाशुल्क छुट/अस्पताल नगद सुबिधा वापत दावी गर्नुपर्ने भएमा तपसिल बमोजिम प्रकृया अपनाउनु पर्नेछ ।
१. बीमित/इच्छाइएको व्यक्तिले बीमालेख बमोजिम बीमा दावी गर्नुपर्ने भएमा यथाशक्य छिटो बीमकलाइ लिखित रुपमा जानकारी गराउनु पर्नेछ ।
२. बीमा अवधि समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा नीजले इच्छाएको व्यक्ति भए नीजले सो नभए बीमा ऐनको दफा ३८ को (१) मा उल्लेखित व्यक्तिहरुमध्ये सबैभन्दा नजिकको हकवालाले देहायको विवरण खुलाई दावी भुक्तानीको लागी निवेदन दिनु पर्दछ ।
क) दावी सम्बन्धि विवरण
ख) बीमितको मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
ग) दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमितको मृत्युको कारणका सम्बन्धमा सरकारी चिकित्सकद्वारा प्रमाणित गरिएको शव परिक्षण प्रतिवेदन र सो नभए प्रहरी प्रतिवेदन ।
घ) बीमितसंगको नाता प्रमाणित प्रतिवेदन र आवश्यकता हेरी अन्य कागजात
३. माथि उल्लेखित अनुसारको निवेदन प्राप्त भएपछि बीमितले सोको छानबीन तथा अनुसन्धान पश्चात दावी लाग्ने देखिएमा बीमकले दावी भुक्तानी लिन आउनकालागी दावी फस्र्यौट पुर्जी जारी गर्नेछ । दावीकर्ताबाट रितपुर्वक सहिछाप गरि प्राप्त दावी फस्र्यौट पुर्जी प्राप्त गरेपछि नियमानुसार दावी भुक्तानी गर्नेछ ।

Download Claim Forms