रिलायबल लाइफ इन्स्युरेन्सद्वारा सातौं वर्षमा प्रवेश

भाद्र १७, काठमाण्डौँ ।  रिलायबल लाइफ इन्स्युरेन्सद्वारा सातौं वर्षमा प्रवेशको उपलक्ष्यमा धन्यवाद ज्ञापन गरेको छ ।

आज जारी विज्ञप्तीमा भनिएको छ, ‘जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनी प्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पु¥याउन अहं भूमिका खेल्नुहुने रिलायबल एडभाइजर ग्रुप, नियमनकारी निकायहरु, लगनिकर्ताहरु, अहोरात्र काम प्रती समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ ।’

साथै हाल सम्मको उपलब्धीवाट हामिलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डर्स वाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘अगाडी दिनमा हामी सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोवार गर्ने प्रतिबद्दता गर्दछौ । यस अवसरमा कम्पनीले केन्द्रीय कार्यलय,ब७३घढसटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्य।लयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेश मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लास रुपमा मनाएको छ । यस काममा कर्मचारी एवं बीमा अभिकर्ता हरुकोको सकृय सहभागिता भएको थियो ।’